scheduleशनिवारमाघ ३ गते, २०७७

सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर रिलिज, शुभचिन्तकहरु भावुक

एजेन्सी, २३ असार । ‘जन्म कब लेना है और मरना कब है ये हम डिसाइड नहीं कर सकते लेकिन कैसे जीना है वो हम डिसाइड कर सकते है ।’

यो सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’मा उनले बोलेको डायलग हो । सोमबार दिल बेचाराको ट्रेलर सार्वजनिक भएको छ ।

रिलिज भएसँगै सामाजिक सञ्जालमा ट्रेलरले प्रंशसा बटुलिरहेको छ । कतिपयले भावुक पोष्ट लेखेका छन् ।

ट्रेलर हेर्दा चलचित्रका बिषय मार्मिक रहेको छ । साथै उनको निधनले सामाजिक सञ्जालनमा फ्यान्सहरु आ-आफ्नो भावपूर्ण पोष्ट लेखेको छन् । ट्रेलर रिलिजसँगै सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मानिसहरु ‘दिल बेचारा‘ ह्यासट्यागसहित ट्वीटर गरिरहेको छ । चलचित्रको दृश्य र सुशान्त सिंह राजपुतको फोटो शेयर गर्दैछन् । कतिपयले रोई कराई गरी आँसु झरिरहेको फोटोमा शेयर गरेको छन् ।

चलचित्रका निर्देशक मुकेश छाबडाले सामाजिक सञ्जालमा एउटा चिठी लेखेर भनेका छन्, ‘यो चलचित्रको लागि मैले दुई वर्ष लामो समय पर्खेको थिए । मेरो पहिलो चलचित्रको ट्रेलर आज सबैको अगाडि छ । मलाई खुशी लगाइरहेको छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay