scheduleआइतवार श्रावण २५ गते, २०७७

लक्षणबिनाका कोरोना संक्रमितलाई ज्यानको खतरा

एजेन्सी, २३ असार । विश्वमा कोरोना भाइरस (कोभिड–१९) तीव्र गतिमा वृद्वि भइरहेको छ । नेपालमा कुल संक्रमितको संख्या पन्ध्र हजार नाघिसकेको छ । छिमेकी मुलुक भारतमा संक्रमित सख्या ७ लाख नजिक पुगिसकेको छ ।

विश्व मै सबै भन्दाबढी संक्रमितमा भारत तेस्रो स्थान रहेको छन् । अहिले लक्षण बिना समेत कोरना पोजेटिभ भएको खबर आईरहेको छन । एक अध्ययनअनुसार लक्षण बिनाको कोरण संक्रमित पुष्टि भएको बिरामीलाई ज्यान जाने खतरा रहको छन् । यसले संक्रमितलाई ‘साइलेन्ट किलर’ जस्तो आक्रमण गर्छ छन् ।

करिब ८० प्रतिशत संक्रमित एसिप्प्टोमैटिक हो । विश्व स्वास्थ्य संगठनका अनुसार यसको बिरामी जम्मा ४१ प्रतिशत छन् ।

नेचर पत्रिकामा प्रकाशित अध्ययनको अनुसार बिना लक्षण भएको बिरामीको फोक्षो कमरोज हुँदै जान्छ । उनलाई निमोनियाका खतरा बढी हुन्छ ।

वैज्ञानिकको दावी पहिलोपटक एसिम्प्टोम्याटिक बिरामी क्लिनिकल प्याटर्नबाट कुरा अगाडि आउँछ । यी बिरामीको फोक्सो खराब हुन्छ, उनीहरुलाई रुघाखोकी र श्वास लिन मुश्किल हुन्छ । यस्तो संक्रमितलाई अचानक निधन हुने खतरा रहेको देखिन्छ ।

अनुसन्धानकर्ता ३७ जना बिना लक्षण रहेको कोरना संक्रमितसँग जोडिएको तथ्यांक अध्ययन गरेको थियो । जुन चीनको सेन्टर फर डिजीज एण्ड प्रिभेन्सन संस्थानद्वारा जुटाएको थियो । यस संस्थाले चीनमा फरवरीदेखि अप्रिलसम्म कन्ट्यान्स ट्रेसिङ्ग गरी कुल २०८८ बिरामीलाई पत्ता लगाएको थियो ।

बिरामीको सिटी स्क्यानमा के पत्ता लागेको थियो भने ५७ प्रतिशत बिरामीलाई फोक्सोमा छाया थियो । जुन फोक्सोमा सुजन वा इन्फलेमेशनका लक्षण हो । जसमा फोक्सो स्वभाविक क्षमताभन्दा कम काम गर्न थाल्छ अनि बन्द हुन्छ ।

डब्लुएचओको कार्यकारी निर्देशक डा. माइकल रायनका अनुसार बिना लक्षणको बिरामीको मुखबाट निस्किने संक्रमितको थुक तथा र्‍याल सामान्य अवस्थामा अर्को व्यक्तिमा पुग्दैन । जब उसले गीत गाउँछ, जिम जान्छ, हाछ्युँ गर्छ तब मात्र सर्ने सम्भावना हुन्छ । तर जब संक्रमित बोल्छ त्यतिबेला हावाको माध्यमबाट सर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय