scheduleबुधवार श्रावण २८ गते, २०७७

यस सिजनको लालिगाको उपाधि जित्ने झिनो आशामा बार्सिलोना

काठमाडौँ, २३ असार । बार्सिलोनाले यस सिजन सन्तुलित खेल खेले पनि रियल मड्रिडसँगको प्रतिस्पर्धामा भने पछि परेको छ । लिग सकिन अब चार खेलमात्र बाँकी रहेका छन् । बार्सिलोना रियलभन्दा ४ अंकलेपछि रहेको छ ।

लगातार एकपछि अर्को खेलमा जित हात पारेको रियलले यस सिजनको लिग उपाधि जित्ने सम्भावना बलियो हुँदै गएको छ । बार्सिलोनाको तुलनामा रियलको बाँकी खेलहरु सहज भएका कारण पनि यस सिजनको उपाधि रियलले जित्ने सम्भावना अधिक रहेको छ ।

पछिल्ला खेलहरुमा कठिन जित हात पार्दै आइरहेको रियललाई भारले पनि साथ दिएको छ । भार रियलको पक्षमा रहेको भन्दै बार्सिलोना प्रमुख जोसेफ मारिया बार्तोमेउले आलोचना समेत गरेका थिए ।

तर, रियलका प्रशिक्षक जिनेदिन जिदान भने सबै कुरा स्पष्ट रहेको र आलोचना गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिग र ला लिगा उपाधि जित्ने सपना बोकेको थियो । तर, ला लिगा जित्ने बार्सिलोनाको सपना बिस्तारै भत्किदै गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय