scheduleआइतवार श्रावण २५ गते, २०७७

यी तीन जना खेलाडी किनेर पछुताएको बार्सिलोना

एजेन्सी, २३ असार । बार्सिलोनाले पछिल्लो समय अनुबन्ध गरेका खेलाडीहरु आफ्नो रणनीति अन्तर्गत फिट नभएपछि क्लबमा समस्या उत्पन्न भएको समिक्षकहरु बताउँछन् । नेयमारलाई पिएसजीले अनुबन्ध गरेपछि बार्सिलोनाले फिलिपिन्हो कोउटिन्हो, एन्टोनियो ग्रिजम्यान, ओउमाने डेम्बेले जस्ता खेलाडीहरु ठुलो मुख्य तिर्दै अनुबन्ध गरेको थियो ।

तर, कोउटिन्हो र ग्रिजम्यान क्लबको रणनीति अनुसार अब्बल सावित हुन सकेनन् । उता निकै आश गरेका खेलाडी डेम्बेले भने खेलमा अब्बल सावित भएपनि चोटका कारण बारम्बार मैदानबाहिर रहँदै आइरहेका छन् ।

 

बार्सिलोना आएपछि मात्रै उनी ९ पटक घाइते भइसकेका छन् । टिममा समस्या देखिएसँगे यसको प्रभाव नतिजा पनि देखिन थालेको छ । पछिल्लो समय प्रशिक्षकमा नै समस्या देखिएको र यस सिजनको अन्त्यसँगै उनलाई बर्खास्त गर्ने चर्चा चलेको खबर बाहिर आइरहेका छन् ।

प्रशिक्षक क्विक सेटियनले बार्सिलोनालाई उपाधि दिलाउन नसके उनी बर्खास्तीमा पर्ने सम्भावना निकै प्रवल रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय