scheduleबुधवार श्रावण २१ गते, २०७७

मामाले जोगाउन सकेनन् भान्जाको बलिउड करिअर

एजेन्सी, २३ असार । कुनै समय बलिउडमा निकै आश गरिएका अभिनेता थिए इमरान खान । मामा आमिर खानको छत्रछाँयामा हुर्केका उनी बलिउडमा चकलेटी ब्बोइका रुपमा परिचीत थिए । उनले अभिनय गरेको फिल्म जाने तु या जानेनाले सफलता पाएसँगै उनको बलिउडमा चौतर्फी चर्चा चलेको थियो ।

त्यसपछि उनले अभिनय गरेको फिल्म देल्ली बेल्लीले पनि बक्स अफिसमा राम्रै कमाई गर्न सफल रह्यो । तर, त्यसपछि उनले अभिनय गरेका एउटा फिल्मले पनि सफलता पाउन सकेनन् ।

एकपछि अर्को फिल्म सुपर फ्लप भएपछि उनको करिअरनै धरापमा पर्यो । सोही समय उनी वैवाहिक बन्धनमा पनि बाँधिए । वैवाहि सम्बन्ध पनि लामो समय टिक्न सकेन ।

अन्ततः उनको डिभोर्स नै भयो । उनको एक छोरी पनि रहेकी छन् । पछिल्लो समय उनी गुमनाम नै रहेका छन् । उनले फिल्म निर्देशनमा हात हाल्ने चर्चा चलेको थियो ।

तर, तनावको माहौलका बीच उनले आफ्ना कामहरु अगाडि बढाउन सकेनन् । केही महिना अगाडि उनको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो जहाँ उनी रफ लुकमा देखिएका थिए । नेपोटिजमको चर्चा चलिरहँदा कतिपयले आफ्नै भान्जाको करिअर मामा आमिर खानले जोगाउन नसकेको चर्चा पनि चल्दै आइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय