scheduleबुधवार श्रावण २८ गते, २०७७

नेकपाको दोस्रो तहका नेताहरुको बैठक पुल्चोकमा जारी

काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद चुलिएसँगै दाेस्राे् र तेस्राे तहका अरु नेताहरु छलफलमा जुटेका छन् ।

पार्टीलाई विभाजनबाट जोगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दोस्रो तहका नेताहरु  अहिले छलफल गरिरहेका छन् ।

कृषिमन्त्री समेत रहेका नेता घनश्याम भुषालको नेतृत्वमा पार्टीका तीनवटै गुटका दोस्रो तहका नेताहरु पुल्चोकको एक होटेलमा भेला भएका छन् । सहभागि नेताहरु कुनै पनि हालतमा पार्टीलाई फुटबाट जोगाउन नेतृत्वलाई दबाब दिने रणनीति बनाइरहेका छन् ।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दाहाल नेपाल समूहको माग छ । तर आफूले दुवै पदबाट राजीनामा नदिने बरु पार्टी विभाजन गरेर अघि बढ्ने चेतावनी ओलीले दिएपछि नेकपामा विवाद चुलिएकाे हाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय