scheduleशुक्रवार श्रावण २३ गते, २०७७

मंगलबार थपिए २०४ संक्रमित, कुल संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं, २३ असार । नेपालमा पछिल्लो २४ घण्टामा २०४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ६८८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ पुगेको छ ।

मंगलबारसम्म २ लाख ६१ हजार ८६१ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ ।

अहिलेसम्म २५ हजार ७२७ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६३४ जना आइसोलेसनमा रहेका छन् ।

हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय