scheduleमगलवार श्रावण २० गते, २०७७

ट्र्याक्टर दुर्घटनामा परी नेकपा नेताको निधन

पोखरा, २२ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मंगलबार विहान ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेकपा कास्कीका जिल्ला समिति सदस्य रामचन्द्र अधिकारी रहेका छन् ।

४६ वर्षीय अधिकारी आफैले चलाएको ग १ त २२८३ नम्बरको ट्रयाक्टर मंगलबार विहान लाहाचोकको बाटुलेथरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

प्रहरीका अनुसार खेत जोतेर फर्किदैँ गर्दा उनले चलाएको ट्र्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको थियो ।

उनको निधनप्रति नेकपा कास्कीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय