scheduleशुक्रवार श्रावण २३ गते, २०७७

सरिता गिरीलाई सांसद पद र पार्टी सदस्य समेत नरहने गरी कारबाही

काठमाडौं, २३ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सांसद गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने री सांसद पदबाट हटाउने निर्णय गरेको उक्त पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको निर्णय लिएको छ, सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरिएको छ । पार्टीको यो निर्णयबारे संसदलाई जानकारी दिने पनि निर्णय भएको छ,’ पाण्डेले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय