scheduleमगलवार श्रावण २० गते, २०७७

कोरोना संक्रमितहरू घट्दो क्रममा, नेपालका चार जिल्ला कोरोना फ्री

काठमाडौं, २३ असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका चार जिल्लामा कोरोनाभाइरसका संक्रमित छैनन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा पहिले कोरोना संक्रमित देखिए पनि अहिले उनिहरु  निको भएर घर फर्किसकेका छन् ।

उनले भने – ७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन् । प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोना संक्रमित छैनन् ।

विगत एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको मन्त्रालयले बताएको छ । मंगलबार कोरोनाका दुई सय चार जना संक्रमित थपिएसँगै  नेपालमा अहिलेसम्म १६ हजार एक सय ६८ जनामा संक्रमण देखिएको छ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय