scheduleआइतवार श्रावण २५ गते, २०७७

सेतीमा नुहाउन गएका बालक बेपत्ता

काठमाडौं, २३ असार । डोटीको सेतीनदीमा नुहाउन गएका एक बालक बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाका अनुसार नदीमा नुहाउन गएका बेला बगेर एक बालक बेपत्ता भएका हुन् ।

बेपत्ता भएका केआइसिह गाउँपालिका वडा नं ४ बस्ने जोगी भुलको ९ वर्षीय छोरा राहुल भुलको खोजी भइरहेको छ । भैसि चराउने क्रममा नदीमा नुहाउन गएका र नदीमै बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ ।

सेतीनदी किनरमा बेपत्ता बालकको लुगाकपडासहित अन्य सामानहरु भेटीएको प्रहरीसँग खोजीकार्यका गएका स्थानीय मिनवहादुर मलासीले जानकारी दिए ।

नदीमा बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय