scheduleबुधवार श्रावण २८ गते, २०७७

चितवनका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, २३ असार । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले मंगलबार बेलुकी जारी गरेको प्रतिवेदन अनुसार नयाँ संक्रमण पुष्टि हुने पाँचैजना चितवनका हुन् ।

अस्पतालका अनुसार चितवनको माडी नगरपालिका वडा नं ६ का ३ पुरुष र माडीकै वडा नं २ का एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ को एकजना महिलामा पनि संक्रमण भेटिएको छ ।

भरतपुर अस्पतालमा असार २३ गते संकलित कुल २२३ स्वाब नमूनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २१८ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय