scheduleबुधवार श्रावण २८ गते, २०७७

प्रिमियर लिगः चेल्सी तेस्रो स्थानमा उक्लियो

काठमाडौँ, २४ असार । गएराति भएको प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसमाथि ३-२ गोलको कठिन जित हात पारेको छ । क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा चेल्सीले महत्वपुर्ण तीन अंक बटुल्न सफल भएको हो ।

खेलको छैटौँ मिनेटमा ओलिभर जिरोर्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेलको २७ औँ मिनेटमा क्रिस्टियन पुलिसिकले चेल्सीको अग्रता दोब्बर बनाए । तर, खेलको ३४ औँ मिनेटमा क्रिस्टल प्यालेसका विलफ्रिड जाहाले एक गोल फर्काए ।

दोस्रो हाफको ७१ औँ मिनेटमा चेल्सीका ट्यामी अब्रहामले गोल गरे ।

खेलको ७२ औँ मिनेटमा क्रिस्टियन बेनटेकले क्रिस्टल प्यालेसका लागि गोल गरे ।

खेलमा फर्कन हरसम्भव प्रयास गरेको क्रिस्टल प्यालेसले अन्ततः गोल फर्काउन सकेन । यो जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३४ खेलमा ६० अंक भएको छ । ४२ अंकका साथ प्यालेस लिगको चौधौँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय