scheduleआइतवार श्रावण २५ गते, २०७७

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, २४ असार । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । केही दिनयता अस्वस्थ रहेका उनको कोरोना परीक्षण भएको थियो । रिपोर्ट पोजिटिभ आएसँगै उनी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो ।

ब्राजिलमा कोरोना महामारी नियन्त्रण गर्न असफल भएको आरोप उनीमाथि लाग्दै आइरहेका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेशनमा गएका छन् । लकडाउन नगर्ने निर्णय गरेका उनले पछिल्लो समय देखिएको संकटलाई लिएर उनीमाथि प्रश्नहरु उठ्ने गरेका छन् ।

ब्राजिलमा कोरोना भाइरसका कारण हालसम्म ६६ हजार ८६८ जनाको मृत्यु भएको छ । मंगलबारमात्रै १ हजार ३१२ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै संक्रमितको संख्या १६ लाख ७४ हजार नाघेको छ ।

मंगलबारमात्रै ४८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय