scheduleबुधवार श्रावण २८ गते, २०७७

प्रधानमन्त्री छाड्ने कुरा हल्ला मात्रै

काठमाडौं, २४ असार । नेकपा भित्रको विवाद अन्त्यका लागि दुई अध्यक्षबीच सहमति भएको भन्ने कुरामा कुनै सत्यता नभएको खबर आएको छ । पार्टीका दुई अध्यक्ष बीच भएको छलफल सकारात्मक भएपनि पदका बिषयमा भने लेनदेन नभएको नेकपा स्रोतको भनाई छ ।

‘भएको केही हुँदैन तर बाहिर आईहाल्छ’ भन्दै ‘मिडियामा भ्रामक र निराधार हल्ला कसले फैलाउँदै छ ?’ भन्ने बिषयमा समेत पार्टीभित्र खोजी भैरहेको नेकपाका एक नेताले बताए । यस्ता हल्ला बालुवाटार वा खुमलटारबाटै बाहिरिने गरेको भन्दै दुबै अध्यक्षले आफ्नै सचिवालयमा भएका ब्यक्तिलाई छानविन गर्नुपर्ने माग समेत उठ्न थालेको स्रोतको दाबी छ ।

पछिल्लो समय नेकपा विवादमा चीनको चासो देखिएकोप्रति पनि पार्टीभित्र तिब्र असन्तुष्टि छ । नेकपा युवा नेताहरुले चीनियाँ राजदुतको भेटघाटलाई राम्रो मान्न नसकिने भनेका छन् । एक सातामा चीनियाँ राजदूतले नेकपाका सबै उच्च नेतृत्वसँग भेट गरिसकेकी छिन् ।

पार्टी भित्रको बिवाद मिलेको र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष वा प्रधानमन्त्री मध्य एक पद अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्ने भन्ने हल्ला बाहिर आएपछि माधव नेपाल पक्षले समेत आपत्ति प्रकट गरेको छ ।

नेकपामा ओली,प्रचण्ड र नेपालका छुट्टाछुट्टै गुट छन् । तर यतिबेला ओली गुट बाहेक सबै एकातिर छन् । त्यसैले कहिले प्रचण्ड, कहिले माधव, कहिले बामदेब गौतम,कहिले रामबहादुर थापा र नारायणकाजी गुटलाई ओलीले आफुतिर तान्न प्रयास गर्दै आएका छन् ।

पार्टी फुट्न नदिने र हाल देखिएको नेकपा बिवादको अन्त्य जसरी पनि गरीछाड्नेमा सबै नेता सहमत भएपनि विवाद अन्त्यको सुत्र भने अझै पत्ता लागेको छैन । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने मागबाट एक कदम पछि हट्दै प्रचण्ड नेपाल समूहले एक पद चाहिँ तत्काल छाडेमा सहमती हुने भनेको छ तर प्रधानमन्त्री ओली दुबै पद छाड्न अझै राजी देखिएका छैनन् ।

यही अवस्था रहेमा आजको लागि डाकिएको स्थायी कमीटी बैठक समेत प्रभावित हुन सक्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय