scheduleसोमवार मंसिर १५ गते, २०७७

बलिउडमा देखिएको नयाँ प्रतिस्पर्धा

एजेन्सी, २४ असार । बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार । कुनै समय लगातार ११ वटा फ्लप फिल्म दिएका अभिनेता अक्षय कुमारका पछिल्लो समय भने एउटा पनि फ्लप फिल्म रहेका छैनन् । खानको लिगेसीलाई कडा टक्कर दिदै आइरहेका उनले बलिउडमा बेग्लै स्टारडम बनाउन सफल भएका छन् ।

फिल्म प्रोडक्सनमा समेत हात हालेका उनी सफल फिल्मकर्मी हुन् । बलिउडमा उनलाई लिएर बनाइएका फिल्महरु लगानी उठाउने र निर्माताहरुको लगानी नडुब्ने तर्क चल्दै आइरहेको छ ।

त्यस्तै खान लिगेसीलाई टक्कर दिदै आइरहेका अभिनेता हुन् अजय देवगन । उनले अभिनय गरेका पछिल्लो फिल्महरुले बक्स अफिसमा राम्र्रै कमाई गर्न सफल भएका छन् । सलमान खान र आमिर खानको बलिउडमा निकै बर्चस्व रहँदै आइरहेको छ । कुनै समय शाहरुख खानलाई टक्कर दिने बलिउडमा कोही पनि रहेको दाबी गरिन्थ्यो ।

तर, हाल उनी निकै पछि परिसकेका छन् ।

अन्य नयाँ कलाकारहरुले समेत उनीहरुलाई कडा टक्कर दिन थालेका छन् । आयुष्मान खुराना, राजकुमार राव जस्ता अभिनेताहरुले बलिउडमा आफ्नो बेग्दै परिचय बनाइसकेका छन् । उनीहरुले भुमिका रहेको फिल्मले समेत नाम चलेका कलाकारहरुको फिल्मलाई पछि पार्न थालेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay