scheduleसोमवार श्रावण २६ गते, २०७७

गण्डकीमा थप ३ जनामा कोरोना संक्रमण

पोखरा, २४ असार । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक बुधबार विहान जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा बाग्लुङ, तनहुँ र म्याग्दीका १-१ जना छन् ।

योसँगै प्रदेशभर कुल संक्रमितको संख्या १११६ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङको गल्कोटकी एकजना २४ वर्षीय  महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी तनहुँको म्याग्देका १ जना २९ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ भने म्याग्दीको बेनी एकजना ३३ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रदेशभर हालसम्म ३१६ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय