पोखराका १० जनासहित गण्डकीमा थपिए १३ जना संक्रमित
पोखरा, २४ असार । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक बुधबार दिउँसो जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुने सबैजना कास्कीका रहेका छन् ।
योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ११२९ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी मादी गाउँपालिकाका २ पुरुष र १ महिलामा पनि संक्रमण देखिएको छ ।
यसअघि आज बिहानै तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेशभर हालसम्म ३१६ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।