scheduleबुधवार श्रावण २१ गते, २०७७

साइलेन्स इम्युनिटीः १० प्रतिशत जनसंख्याले थाहै नपाई कोरोना जितिसके

एजेन्सी, २४ असार । कोरोना भायरसको संक्रमणबाट बच्नका लागि लामो समयसम्म हर्ड इम्युनिटीको चर्चा चलिरहेको छ । यद्यपि, विशेषज्ञहरुका अनुसार यो सुरक्षित तरिका होइन ।

हर्ड इम्युनिटी अर्थात् यदि जनसंख्याको ठूलो हिस्सा कोरोनाबाट संक्रमित भए भने उनीहरुमा पैदा हुने प्रतिरोध क्षमताका कारण बाँकी मानिस पनि यसबाट सुरक्षित हुन्छन् ।

यस्तै नयाँ दावी फ्रान्सका वैज्ञानिकहरुले लामो अध्ययनपछि गरेका छन् । वैज्ञानिकहरुका दावीअनुसार कोरोनाको बिरामीसँगै रहने बिरामी यो महामारीबाट बच्न सक्छ ।

फ्रान्सको स्ट्रासबर्ग युनिभर्सिटी अस्पतालका शोधकर्ताले यसलाई ‘साइलेन्ट इम्युनिटी’ को नाम दिएका छन् ।

फ्रान्सका वैज्ञानिकहरुले लामो अध्ययनपछि एउटा घरमा कसैलाई कोरोना पोजेटिभ भएपछि त्यहाँ तीन चौथाई सदस्यमा साइलेन्ट इम्युनिटी विकास हुने दावी गरेका छन् । यसपछि यदि ऊ कतैबाट संक्रमित भएपनि शरीरमा पैदा भएको प्रतिरोध क्षमताको कारण कुनै उपचारबिना नै ठिक हुन्छ ।

फ्रान्सको स्ट्रासबर्ग विश्वविद्यालय अस्पतालका शोधकर्ताहरुले यसलाई साइलेन्ट इम्युनिटी नाम दिएका छन् । उनीहरुका अनुसार, रगतको एन्टीबडी परीक्षणबाट कोरोनाविरुद्ध शरीरमा प्रतिरोध क्षमता विकास भइसकेको वा नसकेकोबारे पत्ता लगाउन सकिँदैन ।

विशेषज्ञहरुका अनुसार, यदि कोरोना कोरोना भाइरसविरुद्ध शरीरमा एन्टीबडी बनिरहेको छ भने तपाईं कोरोना महामारीबाट छिट्टै निको हुन सक्नुहुन्छ ।

वैज्ञानिकका अनुसार संसारका १० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्ध प्रतिरक्षा विकसित भइसकेको छ । एन्टीबडीको परीक्षणको आधारमा उनीहरुले यस्तो आंकलन गरेका हुन् । उनीहरुका अनुसार १० प्रतिशत जनसंख्या कोरोना भाइरसको सामान्य लक्षणबाट संक्रमित भएर पनि आफैं निको भइसकेका छन् ।

यसरी हेर्दा संसारमा संक्रमित भइसकेको जनसंख्या अनुमान गरेभन्दा धेरै हुनसक्छ । किनकि उनीहरुमा साइलेन्ट इम्युनिटी विकास भइसकेको छ ।

शोधकर्ताहरुले अध्ययनको क्रममा कोरोना संक्रमित एक परिवारका सात मानिसहरुमा विशेष प्रकारको एन्टीबडीको पत्ता लगाए जसले आश्चर्यचकित पार्ने नतिजा दियो ।

एक परिवारको आठमध्ये ६ जना सदस्यहरु अर्थात् एक चौथाई सदस्यको एन्टीबडी परीक्षण नेगेटिभ निस्कियो ।

यसबाट वैज्ञानिकहरुले के अनुमान लगाए उनीहरु संक्रमित थिएनन् । तर उनीहरुको बोन म्यारोमा टि-कोशिकाहरुको परीक्षण गर्दा त्यसमा कोरोनाविरुद्ध एन्टीबडीको विकास भएको भेटियो ।

जुन सदस्यहरुको बोन म्यारोमा टि-कोशिकाको परीक्षणको क्रममा कोरोनाको एन्टीबडी भेटियो, यही नतिजामाथि आधारित रहेर शोधकर्ताले उसको शरीरमा साइलेन्ट इम्युनिटी विकसित भइसकेको निष्कर्ष निकालेका छन् ।

यसको अर्थ हो- सामान्य लक्षण देखिका धेरै मानिसहरु कोरोना संक्रमण भएर आफैं निको भइसकेका छन् ।

शोधकर्ताहरुका अनुसार जब शरीरको प्रतिरोधात्मक क्षमतालाई भाइरससँग लड्नका लागि अतिरिक्त सहयोगको आवश्यकता पर्छ तब रगतको सेतो रक्त कणबाट टी-सेल निक्लेर बोन म्यारोमा पुग्छ । यसरी भाइरसबाट लड्नका लागि यो शरीरको प्रमुख हतियार बन्छ ।

शोधकर्ता प्रोफेरस समीरा फाफी-क्रेमर भन्छन्, ‘सानो समूहमा गरिएको यो सोधबाट एन्टीबडी परीक्षणमा टी-कोशिकालाई पनि सहभागी गराउनुपर्छ ताकि संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन सकियोस् भन्ने ज्ञान मिलेको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय