scheduleबुधवार श्रावण २१ गते, २०७७

बुधबार नयाँ कोरोना संक्रमित र निको हुनेको संख्या झण्डै बराबर

काठमाडौं, २४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा नयाँ कोरोना संक्रमित र निको हुनेको संख्या झण्डै बराबर रहेका छन् ।

मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकअनुसार गत २४ घण्टामा नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या २५३ रहेको छ भने नयाँ संक्रमितको संख्या २५५ रहेको छ । निको हुनेभन्दा संक्रमितको संख्या केवल २ जना बढी छन् । पछिल्लो २४ घण्टामा जम्मा आरटि-पिसिआर परीक्षणको संख्या ४ हजार ६९६ रहेको छ ।

कुल परीक्षणमध्ये संक्रमणको दर ५.४ प्रतिशत रहेको छ । यसैगरी अहिलेसम्म कुल परीक्षण भएकोमा ६.२ प्रतिशत संक्रमण देखिएको छ । अहिलेसम्मको औसत संक्रमणदर भन्दा पछिल्लो संक्रमण दर न्यून देखिएको छ ।

पोजेटिभ देखिएकामध्ये मृत्यूदर नेपालमा केवल ०.२ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रति दश लाख (पोजेटिभ)बाट केवल एक जनाको मात्र मृत्यू भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएकोछ । मुलुकभर २५ भन्दा बढी जिल्लामा २०० भन्दा बढी संक्रमित देखिएका छन् ।

अहिलेसम्मको तथ्यांकअनुसार नेपालमा प्रदेश २ मा सबैभन्दा बढी संक्रमण देखिएको छ । त्यहाँ ४ हजार २५३ जना कुल संक्रमित भेटिएकोमा २ हजार २१५ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यू भएको छ । सबैभन्दा बागमती प्रदेशमा ७१० जना संक्रमित देखिएकोमा २७७ जना निको भइसकेका छन् ।

यस्तो छ प्रदेशअनुसार संक्रमणको अवस्था-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय