scheduleबुधवार श्रावण २१ गते, २०७७

बुधबार प्रचण्डले बालुवाटारमा २ घण्टा बिताए

फाइल फोटो

काठमाडौं, २४ असार । नेकपाका अध्यक्ष प्रचण्डले बुधबार बालुवाटारमा झण्डै दुई घण्टा बिताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा बिताएका हुन् ।

दुई घण्टा लामो अध्यक्षद्वयबीचको वार्तामा के छलफल भयो भन्ने बारे सूचना बाहिरिएको छैन । बुधबार बोलाइएको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेर अध्यक्षद्वय ‘वन टु वन’ वार्तामा बसेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय