scheduleबुधवार श्रावण २१ गते, २०७७

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग २ घण्टा छलफल गरेर प्रचण्ड बाहिरिए, प्रतिक्रिया दिन चाहेनन्

काठमाडौं, २४ असार । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग २ घण्टा छलफल गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।

पार्टीको आन्तरिक विवादलाई लिएर अध्यक्षद्वयबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिनानिष्कर्ष सकिएको हो । बुधबारको छलफलमा ओली-दाहाल मात्र थिए ।

दुई अध्यक्षबीच के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारे भने खुलाइएकाे छैन ।  नेकपाका शीर्ष नेताहरुले नै ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भएपनि निचाेडमा पुग्न सकिएकाे छैन ।

पार्टीभित्रकाे आन्तरिक विवाद मिल्न नसक्दा नेकपाकाे स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएकाे छ ।

अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । ओलीले दुबै पद नछाड्ने अडान लिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय