scheduleबुधवार श्रावण २१ गते, २०७७

चीनमा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि, जसले ५ करोडको ज्यान लिएकाे थियाे

काठमाडाैं, २४ असार । चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएकाे छ ।  बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

ब्याक्टेरियाको सङ्क्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ। तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव रहेकाे विज्ञहरुले बताएका छन् ।

चीनमा प्लेग भेटिएसँगै सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेका छन्। तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लागेको छ।

सन् २०१७ मा म्याडग्यासकरमा ३०० जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो। गत वर्ष मे महिनामा  मङ्गोलियामा दुई जनाको प्लेगका कारण मृत्यु भयो।

सङ्क्रमण भएको तीन दिनदेखि सात दिनसम्म रुघाखोकीजस्तो समस्या देखिने हुँदा प्रारम्भिक चरणमा यो रोगको लक्षण चिन्न गाह्रो हुन्छ।

उन्नाइसौँ शताब्दीमा चीन र भारतमा महामारी फैलिँदा एक करोड २० लाखभन्दा बढी मानिसको मृत्यु विभिन्न विवरणहरुले देखाएकाे छ ।

चौधौँ शताब्दीमा प्लेगका कारण  अफ्रिका, एशिया र युरोपमा झन्डै पाँच करोड मानिसको ज्यान गएकाे छ । सन् १६६५ मा प्लेग महामारीका कारण लन्डनमा बसोबास गर्ने २० प्रतिशत मानिसकाे मृत्यु भएकाे थियाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय