scheduleशनिवार कार्तिक ८ गते, २०७७

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र

काठमाडाैं, २४ असार । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ ।

निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघका अध्यक्ष ढुंगाना नेतृत्वको टोली निगम पुगेर ज्ञापन पत्र बुझाएको हो ।

लकडाउनको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको भन्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको हो ।

नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ । लकडाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैमा अमानविय कार्य भएकाले मुल्यवृद्धि तत्काल खारेज गर्न मागरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay