रणवीर र कट्रिना पहिलोपटक एकसाथ पर्दामा देखिने
एजेन्सी, २५ असार । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री कट्रिना केफ पहिलोपटक एकसाथ काम गर्ने भएका छन् । निर्देशक जोया अख्तरले उनीहरुलाई आफ्नो चलचित्रमा अनुबंधित गरेकी छन् ।
उनले सन् २००६ मा ओस्कार अवार्ड विजेता चलचित्र ‘द डिपार्टेड’ को हिन्दी रिमेक बनाउन लागेकी छन् ।
यसअघि ‘गली ब्वाइ’ मा रणवीर सिहं र आलिया भाटलाई लिएर चलचित्र बनाएकी जोयाले रणवीर र कट्रिनालाई पहिलोपटक पर्दामा ल्याउन लागेकी हुन् ।
चलचित्रको रिमेकमा रणवीर ओस्कार विजेता लियोनार्डो डिकाप्रियोले ‘द डिपार्टेड’ मा निभाएको भूमिकामा रहनेछन् । रणवीर र कट्रिनाको जोडी कस्तो हुनेछ भन्ने विषयलाई लिएर दर्शकहरु पनि उत्साहित छन् ।
हाल रणवीर सिंह प्रसिद्ध भारतीय पूर्वक्रिकेटर कपिल देवको जीवनीमा बनिरहेको बायोपिक चलचित्र ‘८३’ मा व्यस्त छन् । यस चलचित्रमा दीपिका पादुकोण पनि मुख्य भुमिकामा रहेकी छन् ।