scheduleबुधवार श्रावण २८ गते, २०७७

रियल मड्रिडलाई पछ्याउँदै बार्सिलोना, इस्पानियोलविरुद्ध कठिन जित

काठमाडौँ, २५ असार । गएराति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनाले इस्पानियोलमाथि १-० गोलको कठिन जित हात पारेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा इस्पानियोल पराजित भएको हो ।

बार्सिलोनालाई जित दिलाउन एकमात्र गोल लुइज स्वारेजले गरे । उनले खेलको ५६ औँ मिनेटमा गोल गरे । अन्सु फाती रातो कार्ड खाँदा बार्सिलोना १० जना खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै इस्पानियोलका पोल लोजानोले समेत रातो कार्ड खाएका थिए ।

लिग लिडर रियल मड्रिडसँग बार्सिलोनाले अंकदुरी कम गरेको छ । ३५ खेलबाट बार्सिलोनाको ७६ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको रियलको ७७ अंक रहेको छ । इस्पानियोल २४ अंकसहित लिगको पुछारमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय