scheduleबुधवार श्रावण २८ गते, २०७७

न्युक्यासल युनाइटेडविरुद्ध म्यानचेस्टर सिटीको पाँच गोल

काठमाडौँ, २५ असार । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडविरुद्ध पाँच गोल गरेको छ । गएराति भएको खेलमा घरेलु मैैदानमा म्यानसिटीले न्युक्यासलविरुद्ध ५-० गाेलकाे सानदार जित हात पारेको हो ।

म्यानसिटीका लागि ग्राबियल जेसस, रियाद महरेज, डेबिड सिल्भा, रहिम स्टर्लिङले एकएक गोल गरे । त्यस्तै न्युक्यासलका फेडेरिको फर्नानडेजले आत्मघाती गोल गरे ।

यो जितसँगै म्यानसिटीको ३४ खेलमा ६९ अंक भएको छ । म्यानसिटी लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै १३ औँ स्थानमा रहेको न्युक्यासलको ४३ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय