scheduleबुधवार श्रावण २८ गते, २०७७

लिभरपुलको जितमा सलाहको दुई गोल

काठमाडौँ, २५ असार । गएराति भएको प्रिमियर लिगमा च्याम्पियन लिभरपुलले ब्राइटनलाई ३-१ गोलले पराजित गरेको छ । ब्राइटनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमम्द सलाहले दुई गोल गरे ।

त्यस्तै लिभरपुल कप्तान जोर्डन हेण्डरसनले एक गोल गरे । ब्राइटनका लागि एकमात्र गोल लियान्द्रो ट्रोस्याण्डले गरे । खेलको छैटौँ मिनेटमा नै सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

लगत्तै जोर्डन हेण्डरसनले गोल गरे । खेलको ४५ औँ मिनेटमा लियान्द्रोले गोल गरे । दोस्रो हाफमा लिभरपुल ब्राइटनमाथि हाबी भयो । खेलको ७६ औँ मिनेटमा सलाहले गोल गरे ।

यो जितसँगै च्याम्पियन लिभरपुलको ३४ खेलमा ९२ अंक भएको छ । लिगको १५ औँ स्थानमा रहेको ब्राइटनको ३६ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय