scheduleबुधवार श्रावण २८ गते, २०७७

म्यानचेस्टर युनाइटेडले पोग्वालाई नयाँ सम्झौता छिट्टै अफर गर्ने

काठमाडौँ, २५ असार । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी हुन् पोउल पोग्वा । पछिल्लो समय उनी म्यानुमा नै रहने चर्चा चलेको छ । केही समय अगाडि म्यानु छोड्ने हल्ला चलेको थियो । यस सिजन खासै खेल खेल्न नपाएका उनी चोटका कारण धेरै समय मैदान बाहिर रहे ।

तर, क्लबले उनीमाथि भने अझै विश्वास देखाएको छ । यस सिजन व्याक टु व्याक फर्ममा देखिएको म्यानुले च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्षरत रहेको छ ।

पोग्वालाई क्लबमा नै राख्न नयाँ सम्झौता छिट्टै अफर गरिने बताइएको छ ।

केही दिन अगाडि नेमान्जा माटिकसँग क्लबले नयाँ सम्झौता गरेको थियो । उनको क्लबसँगको सम्झौता अर्को सिजन सकिँदैछ । क्लब यसबारे गम्भीर रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय