scheduleबुधवार श्रावण २८ गते, २०७७

इंग्ल्याण्डको सामान्य सुरुवात

काठमाडौं, २५ असार । वेस्टइन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिनको समाप्तिम्म इंग्ल्याण्डले सामान्य प्रदर्शन गरेको छ । वर्षाले प्रभावित खेलको १७.४ ओभर सकिदाँसम्म इंग्ल्याण्ड १ विकेट गुमाएर ३५ रनको स्थितिमा रहेको छ ।

टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डका रोरी बर्न्स २० र जो डेन्ली १४ रन बनाएर ब्याटिङ गरिरहेका छन् । यसअघि ओपनर डोमिनिक शिब्लेलाई वेस्टइन्डिजका बलर शेनन ग्याब्रियलले शून्यमै आउट गरेका थिए ।

११७ दिन पछि पुनः सुचारु भएको अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात भने सुखद हुन सकेको थिएन । वर्षाका कारण तोकिएको समयमा टस हुन सकेको थिएन । केही ढिला गरी सुरु भएको खेल जारी रहँदा पनि पटकपटक वर्षा हुँदा केहीबेर रोकिने गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय