scheduleबिहिवार श्रावण २९ गते, २०७७

अमेरिकी वैज्ञानिकले पत्ता लगाए भाइरस रोक्ने औषधी


एजेन्सी, २५ असार । कोरना भाइरस विरुद्ध कुनै खोप अहिले सम्म बनेकोे छैन तर लगातार यसको खोज एवम् अनुसन्धान भइरहेको छ । खोजकै क्रममा अमेरिकी वैज्ञानिकहरुले एक महत्वपूर्ण सफलता हात पारेका छन् ।

वैज्ञानिकहरुले प्रयोगशालामा मानिसको कोषलाई विकसित गरेर कोराना भाइरसको रोक्ने औषधीको पहिचान गरेका छन । यो अनुसन्धान जर्नल सेल रिसर्चमा प्रकाशित गरिएको छ । अनुसन्धानकर्ताका अनुसार पहिचान भएको औषधीमा भएको तत्वले भाइरसको प्रोटिनलाई बढ्न नदिने देखिएको छ ।

यो औषधीमा ‘हेपाटाइटिस सी’ को ‘बोसेप्रिविर’ वा भेटेरीनरी एन्टीभाइरस ‘जीसी–३७६’ समावेश छ । फलोरिडा विश्वविद्यालयको अनुसन्धानकर्ताका अनुसार औषधीमा भएको तत्वले कोरोना भाइरस मुख्य प्रटीन एमप्रो (एंजाइम) माथि आक्रमण गरेको र उसको विस्तार क्षमताको सीमित गरेको पाइएको छ ।

यस औषधीको सेवनले भाइरसको क्षमता कम गर्दै संक्रमणको अवधि छोटो अवस्थामा ल्याउन मद्दत गर्दछ । त्यसकारण संक्रमितहरु चाँडै निको हुने र यसले गर्दा मृत्यु दर पनि कम हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय