scheduleशनिवार श्रावण २४ गते, २०७७

प्रिमियर लिगः यस सिजनको गोल्डेन बुट प्रतिस्पर्धामा यी चार खेलाडी

काठमाडौँ, २५ असार । यस सिजनको प्रिमियर लिगको गोल्डेन बुटका लागि प्रतिस्पर्धा थप रोमाञ्चक हुने देखिएको छ । सर्वाधिक गोलकर्ता बन्ने दौडमा चार जना खेलाडी रहेका छन् ।

लेस्टर सिटीका जेम्मी भर्डी, आर्सनलका पेरी इमरिक आबुमियाङ, साउथह्याम्टनका ड्यानी इंग्स, लिभरपुलका मोहमम्द सलाह रहेका छन् ।

उनीहरुको क्रमशः २२, २० १८ र १७ गोल रहेको छ । यस सिजन यी सबै खेलाडी उच्च फर्ममा रहेका छन् ।

प्रिमियर लिगमा अझै चार खेलहरु बाँकी रहेका छन् । उक्त खेलमा एकले अर्कोलाई पछि पार्ने सम्भावना उत्तिकै रहेको समिक्षकहरु बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय