सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?
काठमाडाैं, २५ असार । सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी छ । बिहिबार ६ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएको छ ।
बिहिबार चाँदी प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।