scheduleबुधवार श्रावण २८ गते, २०७७

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २५ असार । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक बिहीबार दिउँसो जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा लमजुङका ५ जना, कास्की र नवलपुरका ४-४ जना, गोरखा, म्याग्दी, बाग्लुङका २-२ जना र तनहुँका १ जना छन् ।

योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ११४९ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङको सुन्दरबजार र राइनासका २-२ जना पुरुष र दुधपोखरीका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिकाका ३ जना पुरुष र १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको आरुघाटका १ पुरुष र भीमसेनथापाका १ महिलामा पनि संक्रमण भेटिएको छ ।

 

 

 

यसैगरी प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङको काठेखोलाका २ जना पुरुषमा संक्रमण भेटिएको छ । म्याग्दीको बेनी र मंगलाका १-१ जना पुरुषमा पनि संक्रमण भेटिदाँ तनहुँको शुक्लागण्डकीका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

उता नवलपुरका ४ जनामध्ये २ जना संक्रमितको विवरण गैंडाकोट नगरपालिकाको असार २४ गतेको प्रतिवेदन अनुसार उल्लेख गरिएको हो भने विनयत्रिवेणीका एकजनाको विवरण सोही गाउँपालिकाको २२ गतेको प्रतिवेदनअनुसार उल्लेख गरिएको छ । त्यसैगरी गैंडाकोटका अर्का एकजना पुरुषमा भने भरतपुर अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशभर हालसम्म ३८६ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय