scheduleआइतवार श्रावण २५ गते, २०७७

शेयर बजारमा छायो हरियाली, ४.५७ अंकले बढ्यो नेप्से

काठमाडाैं, २५ असार ।  शेयरबजार परिसूचक नेप्से आज ४ दशमलव ५७ अंकले बढेको छ । बुधबार  १० प्रतिशतले घटेको परिसुचक आज शून्य दशमलव ३४ प्रतिशतले बढेको हो । आज बैंक र उत्पादनमूलक क्षेत्रबाहेक सबै समूहको परिसुचक बढेको छ ।

यस्तै क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि शून्य दशमलव ४७ अंकले बढेको छ । आज सबैभन्दा धेरै जीवनबीमा समूहको परिसुचक ६८ दशमलव ३३ र नीर्जीवन बीमा समूहको परिसुचक ३९ दशमलव ५१ अंकले बढेको छ ।

दिनभरको कारोबारमा ९० करोड ८० लाख रुपैयाँ बराबरका २२ लाख २६ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल रिईन्स्योरेन्स कम्पनी लिमिटेडको १५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सुर्योदय लघुवित्त वित्तय संस्था लिमिटेड, एनआईसी एसिया वित्तिय संस्था लिमिटेड र ओमी माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडका शेयर लगानीकर्ताले आज झण्डै १० प्रतिशत कमाएका छन् । ग्लोबल आईएमई समुन्नत स्कीम १ का शेयर लगानीकर्ताले भने झण्डै ४ प्रतिशत गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय