scheduleशनिवार कार्तिक ८ गते, २०७७

मन्त्रिपरिषद बैठकः सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय

काठमाडौं, २५ असार । मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको छ । यसै साता बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबारबाट सार्वजनिक सवारी साधन चल्न दिने निर्णय हो ।

सरकारको उक्त निर्णयबारे सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्त्री डा युवराज खतिवडाले बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

लामो दूरीका सार्वजनिक सवारी साधन भने चल्ने छैनन् । प्रवक्ता खतिवडाका अनुसार काठमाडौं उपत्यकाभित्र भने सवारी साधन चल्नेछन् र अन्य जिल्लाहरुमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चल्नेछन् ।

सञ्चालनमा आउने सवारी साधनले सरकारी जारी गरेको सुरक्षा विधि अपनाउनुपर्नेछ । सरकारले तोकेका सुरक्षाका सबै विधिहरु पालना गरेर सार्वजनिक सवारी सञ्चालन हुन पाउनेछन् ।

५० प्रतिशत थप भाडा लिएर सवारी साधन चलाउन पाइने र सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न पाउने व्यवस्था सरकारले गरेको छ ।

आधाभन्दा बढी यात्रु बोक्न नपाउने भएको हुनाले थप भाडा लिन कोभिड अवधिभर पाउने व्यवस्था गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए । सार्वजनिक बसमा सबै यात्रुले मास्क लगाउनुपर्ने, ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र एउटा लहरमा एक मात्र यात्रु राख्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay