scheduleबुधवार श्रावण २८ गते, २०७७

८० किलो सलह खरानी

रुकुम, २५ असार । रुकुम पूर्वको भूमे गाउँपालिकाले ८० किलो सलह किरा किसानसँग किनेर जलाएको छ ।

किसानसँग किलोको ४० रुपैयाँमा किनेर गाउँपालिकाले सलह किरा जलाएको हो ।

प्रदेश नं. ५ सरकारको निर्णय अनुसार किलोको २० रुपैयाँ र गाउँपालिकाले आफैले निर्णय गरेर किलोको २० रुपैयाँ थपेर सलह संकलन गरेका किसानलाई किलोको ४० रुपैयाँ दिईएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए ।

यसो गर्दा सलह किराले गर्ने नोक्सानी कम हुने र किसानहरुलाई पनि प्रोत्साहन हुने उनले जानकारी दिए । सलहले रुकुम पूर्वका बिभिन्न ठाउँमा लगाईएको बालिमा क्षती पुर्‍याएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय