scheduleबुधवार श्रावण २८ गते, २०७७

यस वर्षको एसिया कप क्रिकेट स्थगित

काठमाडौं, २५ असार । यस वर्ष सेप्टेम्बरमा पाकिस्तानमा हुने तय गरिएको एसिया कप क्रिकेट स्थगित भएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै यस वर्ष प्रतियोगिता स्थगन गरिएको एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बिहीबार बताएको छ ।

पाकिस्तानले अब २०२२ को प्रतियोगिता आयोजना गर्ने छ भने अहिले स्थगित भएको प्रतियोगिता २०२१ मा श्रीलंकामा आयोजना हुनेछ ।

बुधबार भारतीय क्रिकेट नियन्त्रण बोर्डका अध्यक्ष सौरभ गांगुलीले एसिया कप नहुने संकेत गरेको भोलिपल्टै एसिसीबाट यस्तो निर्णय आएको हो ।

केही समयअघि यस प्रतियोगिता यूएईमा सारिने जस्तो कुरा आएपनि यस वर्ष प्रतियोगिता स्थगित गरिएको छ । कोरोना महामारीका कारण भारतीय टोली पाकिस्तान नजाने यसअघि नै बताइसकिएको थियो । यद्यपि भारतले आयोजक राष्ट्र पाकिस्तान भएकामा असन्तुष्टि भने नरहेको स्पष्ट पारिसकेको थियो ।

एसिया कप हरेक २-२ वर्षमा आयोजना हुने गर्दछ । २००८ यता पाकिस्तानमा एसिया कप आयोजना भएको छैन । २०१० मा श्रीलंकामा भएको एसिया कप त्यसपछि ३ पटकसम्म बंगलादेशमा आयोजना भएको थियो भने २०१८ को एसिया कप यूएईमा आयोजना भएको थियो ।

२०१६ देखि एसिया कप एकपटक टी-२० र एकपटक एकदिवसीय रुपमा गर्ने निर्णय भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय