scheduleबुधवार श्रावण २८ गते, २०७७

नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक

काठमाडौं, २५ असार । नेपाली भारतीय न्युज च्यानलहरु प्रसारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेको हो ।

वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय नेपाल-भारत सीमा विवाद बढेपछि भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको छ । यसै साता प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक र भ्रमपूर्ण सामग्री भारतीय च्याननलहरुले प्रसारण गरिरहेका छन् ।

‘यो काम हामीले सरकारको निर्देशनमा गरेका होइनौँ । हामी नेपालमा भएका अपरेटर लाइसेन्स लिएर काम गरेका छौँ । यो चाहेको अवस्थामा बन्द हुन सक्छ भन्ने सन्देश पनि हो’, म्याक्स डिजिटल टिभीका उपाध्याक्ष ध्रुव शर्माले भने ।

उनले अगाडि थपे, ‘हामीले २५–३० लाख टेलिभिजनका दर्शकले हेर्ने च्यानल बन्द गर्न सक्यौँ । अब करोडौंको हातमा मोबाइल एपबाट आएका गलत सूचना रोक्ने जिम्मा सरकारको हो।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय