scheduleशनिवार श्रावण २४ गते, २०७७

खेत जोत्नेक्रममा ट्याक्टर दुर्घटना, दुईको मृत्यू

प्रतिकात्मक तस्बिर

इलाम, २५ असार । खेत जोत्नेक्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यू भएको छ । जिल्लाको माइ नगरपालिका–१ स्थित पालटारमा खेत जोत्ने क्रममा विहीबार दुई जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दुर्घटनामा माइ नगरपालिका १ का नितेश गिरी र ट्याक्टर चालक माइ नगरपालिका ८ का सुजन विश्वकर्माको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ११ वर्षका गिरी र २१ वर्षका विश्वकर्मालाई उपचारका लागि झापाको विएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय