scheduleशुक्रवार श्रावण २३ गते, २०७७

भारत र युरोपेली संघको सम्मेलन जुलाई १५ मा, मोदीले सहभागिता जनाउने

ब्रसेल्स, २५ असार । भारत र युरोपेली संघको १५औँ शिखर सम्मेलन यही जुलाई १५ मा हुनेभएको छ ।

कोरोनाभाइरसको त्रासका कारण सम्मेलन भिडियोमार्फत गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

सम्मेलनमा कोरोनाभाइरसले पारेको प्रभावसँगै अन्य विभिन्न क्षेत्रीय तथा विश्वव्यापी विषयबस्तुका बारेमा पनि छलफल हुनेभएको छ ।

सम्मेलनमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेल र युरोपेली आयोगका अध्यक्षका उर्सुला भोनडेर लियनले युरोपेली संघको तर्फबाट प्रतिनिधित्व गर्ने भएको छ ।

यता भारतको तर्फबाट भने प्रधानमन्त्री नरेन्द्र मोदीले सहभागिता जनाउने युरोपेली परिषद्द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

सम्मेलनलाई नयाँ चुनौती सामनाका लागि नयाँ रणनीति तय गर्ने अवसरको रुपमा लिन लागिएको परिषद्ले जनाएको छ ।

नेताहरुले सुरक्षा, मौसम, वातावरण, व्यापार र लगानी, विद्युतीय अर्थतन्त्र र कनेक्टीभिटीलगायतका विषयमा पनि छलफल गर्ने भएका छन् ।

वक्तव्यमा लेखिएको छ, ‘यस सम्मेलनले युरोपेली संघ र भारतको रणनीतिलाई बलियो बनाउन सहयोग गर्ने विश्वास लिन सकिन्छ । यसलाई अवसरको रुपमा पनि प्रयोग गर्नुपर्ने देखिन्छ । विषेश गरेर लोकतन्त्र, स्वतन्त्रता, कानूनी शासन र मानवअधिकारको सम्मानका लागि पनि नेताहरूले ध्यान दिनुहुनेछ ।’

अहिले हुन लागेको सम्मेलन यसै बर्षको शुरुमा नै गर्ने तय भएको भएपनि कोराना भाइरसको त्रासका कारण सरेर स्थगित भएको थियो । एएनआई

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय