scheduleशुक्रवार श्रावण २३ गते, २०७७

चितवनका एकजनामा कोरोना संक्रमण पुष्टि

चितवन, २५ असार । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले बिहीबार बेलुकी जारी गरेको प्रतिवेदन अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं १६ का एकजना पुरुष रहेका छन् ।

उनी होम क्वारेनटाइनमा बसेका पुरुष रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा असार २५ गते संकलित कुल १५९ स्वाब नमूनामध्ये एकजनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य १५८ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय