scheduleबिहिवार श्रावण २९ गते, २०७७

‘बहसलाई सडकमा ल्याउनु आचरण विपरीत हुन्छ’

रुपन्देही, २५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका युवा तथा विद्यार्थीले पार्टी केन्द्रमा देखिएको विवाद आन्तरिक छलफलबाटै निरुपण गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

युवा तथा विद्यार्थीले आज नेकपा ५ नं प्रदेश कमिटीलाई ज्ञापनपत्र बुझाउँदै स्थायी कमिटीको बैठक चलिरहँदा एउटा जीवन्त पार्टीमा हुने बहसलाई अतिरञ्जित बनाउँदै सडकमा आई पक्ष र विपक्षमा देखाउनु तथा पार्टी नेतालाई अवाञ्छित लाञ्छना लगाउनु कम्युनिष्ट पार्टीको आचरणभित्र नपर्ने स्पष्ट पारेका छन् ।

प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकालमार्फत प्रदेश कमिटीलाई बुझाइएको ज्ञापनपत्रमा युवा तथा विद्यार्थीले यस्ता गतिविधि रोक्न नेतृत्वलाई आग्रह गरेका छन् ।

‘यो दायित्वबाट नेकपाका नेता तथा कार्यकर्ता कोही पनि वञ्चित हुन पाउँदैन । छलफलमा आएका विषयहरुलाई कमिटीगत प्रणालीबाटै हल गरी पार्टीलाई थप एकताबद्ध पार्दै आम जनताको चासोलाई सम्बोधन गर्नका लागि युवा तथा विद्यार्थी जोडदार माग गर्दछौंँ’, ज्ञानपपत्रमा भनिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय