scheduleशनिवार श्रावण २४ गते, २०७७

बेलायतमा ६० देशको नागरिकलाई प्रवेश अनुमति, अमेरिकन र भारतीयलाई प्रवेश निषेध

एजेन्सी, २६ असार । कोरोना भाइरस महामारीले युरोपलाई ठूलो जनधनको क्षति पुर्‍याएसँगै जीवन ठप्प छन् । महामारीको शुरु चरणमा युरोपका विकसित मुलुकमा कोरोना भाइसरले आंतक मचाएका थिए । अहिले विस्तारै अवस्था सामान्य हुँदै गएको छ ।

पर्यटनलाई मध्य नजर गर्दै युकेले विश्वका ६० मुलुकका नागरिकलाई प्रवेश अनुमति जारी गरको छ । ती मुलुकाका नागरिकले विना क्वारेन्टिन बसी युकेमा यात्रा गर्न पाउने छन् ।

युके सरकारले जारी गरेको बयानमा भनिएका छन् कि ‘यो सुबिधा केवल त्यो मुलुकहरुको लागि हो जहाँ कोरोना कम खतरा छन् ।’

ती मुलुकको नाम सार्वजनिक गरिएको छन् । जसमा जर्मनी, स्पेन, फ्रान्स, इटली, अस्ट्रेलिया, र न्यूजील्याण्ड प्रमुख छन् । एसिया महादेशबाट जापान, ताइवान, हङकङ, भियतनाम, क्यारेबियन, मोरीशस र सेशेल्स प्रमुख रहेको छन् ।

यी राष्ट्रहरुलाई कम खतरा भएको बताएको छन् । अब यी देशका नागरिकालाई युके प्रवेश अनुमति पाउनुका साथै क्वारेन्टिन बस्नु पदैन ।

युकेको यातायात सचिव ग्रान्ट शाप्सले मिडियासँग कुराकानी गर्दै भने, ‘देशले २४ औं घण्टा काम गर्दै छन् । यसकारण स्थिति सुधार भईरहेको छ । हाम्रो प्रथामिकता सुरक्षा हो । यदि फेरि अवस्था कमजोर भएमा हामी आइसोलेशन, क्वारेन्टिनलार्र्ई कडा साथ लागू गर्नेछौं ।’

युकेमा ४४ हजार मानिसले ज्यान गुमाएका छन् । कुल २ लाख ८६ हजार संक्रमित रहेको छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय