scheduleबुधवार श्रावण २१ गते, २०७७

सुशान्त आत्महत्या प्रकरणः शेखर कपुरले ईमेलमार्फत बयान पठाए, आफैं आउन प्रहरीको उर्दी

एजेन्सी, २६ असार । निर्देशक शेखर कपुरले सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा आफनो बयान इमेल मार्फत पठाएको छ । तर मुम्बई प्रहरीलेले भनेको छ, ‘ईमेल मार्फत होइन आफनै आउनु पर्छ ।’

शेखर कपुरले आफनो बयानमा चलचित्र पानीको बारेमा उल्लेख गरेको छन् । उनले भनेका छन्, ‘चलचित्र पानीलाई ड्रीम प्रोजेक्ट थियो तर, सुशान्तको निधनपछि यो चलचित्र अधूरो भएको छ ।’

सन् २०१२ मा यस मेगा बजेट चलचित्रमा सुशान्त सिंह राजपुतलाई अनुबन्धित गरिएको थियो । जसको निर्देशन शेखर कपुर र प्रोडक्सन आदित्य चोपडा गर्ने भनेको थियो ।

तर, यो चलचित्र शुरु नहुँदै निर्माण बन्द भएको थियो ।यो चलचित्रको लागि सुशान्त सिंह राजपुतले धेरै मेहनेत गरको थिए । साथै, अरु चलचित्रलाई समेत छाडेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय