म्यानचेस्टर युनाइटेडको सहज जित
काठमाडौँ, २६ असार । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-० गोलले पराजित गर्न सफल भएको छ । एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा म्यानुका लागि ब्रुनो फर्नानडेज, म्यासोन ग्रिनउड र पोउल पोग्वाले एकएक गोल गरे ।
खेलको २७ औँ मिनेटमा ब्रुनो फर्नानडेजले पेनाल्टीमार्फत गोल गर्दै म्यानुलाई अग्रता दिलाए । ग्रिनउडले खेलको ४५ औँ मिनेटमा गोल गोल गरे ।
खेलको ८१ औँ मिनेटमा पोउल पोग्वाले गोल गरे । शिर्ष चारमा पर्न संघर्षरत म्यानुले रेलिगेशनमा संघर्षरत एस्टनभिल्लालाई पराजित गरेको हो ।
यो जितसँगै म्यानुको ३४ खेलमा ५८ अंक भएको छ ।
लिगको पाँचौ स्थानमा रहेको म्यानुले पछिल्ला खेलहरुमा सानदार जित हात पार्दै आइरहेको छ । त्यस्तै लिगको १९ औँ स्थानमा रहेको एस्टन भिल्लाको २७ अंक रहेको छ ।