scheduleशनिवार श्रावण २४ गते, २०७७

कोरोना कहरः अमेरिकामा मृतक र संक्रमित दुवैको संख्या ह्वात्तै बढ्न थाल्यो

काठमाडौँ, २६ असार । अमेरिकामा एकैदिन ६१ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो केही दिनयता लगातार अमेरिकामा ५० हजारभन्दा बढी संक्रमित फेला पर्दै आइरहेका छन् । संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अमेरिकामा कोरोना भाइरस नियन्त्रणबाहिर गएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हालसम्म ३२ लाख १९ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या बढ्दै गर्दा मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुन थालेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ३५ हजार ८२२ भन्दाबढी संक्रमितको ज्यान गइसकेको छ । विहीबारमात्रै ९६० जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

१४ लाख २६ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय