scheduleशनिवार श्रावण २४ गते, २०७७

टोटनहममा कठिन दिनको सामना गर्दै प्रशिक्षक जोसे मोउरिन्हो

काठमाडौँ, २६ असार । यस सिजन ठुलो आशाका साथ टोटनहमले अनुबन्ध गरेका प्रशिक्षक हुन् जोसे मोउरिन्हो । उनका विगत हेर्ने हो भने पनि उनी एक सफल प्रशिक्षक हुन् । उनी जुन क्लबको पनि जिम्मेवारी सम्हालेका छन् ती क्लबलाई उपाधि जिताउन सफल भएका छन् ।

पोर्तो, चेल्सी, इन्टर मिलान, रियल मड्रिड, म्यानचेस्टर युनाइटेड जस्ता क्लबहरुको प्रशिक्षक भइसकेका उनले सबै क्लबलाई उपाधि जिताउन सफल भएका छन् ।

तर, यस सिजन टोटनहमको जिम्मेवारी सम्हालेका उनले कसरी उपाधि जिताउन सक्छन् भन्ने आशंका बढ्दै गएको छ । सन् २००८ मा लिग उपाधि जितेको टोटनहमले त्यसयता एउटा पनि उपाधि जित्न सकेको छैन ।

सन् २०१५ यता सन्तुलित खेल प्रदर्शन गर्दै आइरहेको टोटनहमको खेल भने यस सिजन खस्किएको छ । मोउरिन्हो यस कारण पनि दबाबमा रहेका छन् ।

उनले यस सिजन शिर्ष चारमा टोटनहमलाई पुर्याउने रणनीति बोकेका थिए । तर, उक्त सपना भने अधुरै रहने देखिएको छ । अर्को सिजनका लागि भने उनले बलियो तयारी गर्नुपर्ने समिक्षकहरु बताउँछन् । टोटनहम ३४ खेलमा ४९ अंकका साथ लिगको नवौँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय