scheduleआइतवार श्रावण २५ गते, २०७७

वेस्टइन्डिज कप्तान होल्डरको उत्कृष्ट बलिङ प्रदर्शन

काठमाडौं, २६ असार । कप्तान जेसन होल्डरको उत्कृष्ट बलिङको मद्दतले वेस्टइन्डिजले इंग्ल्यान्डमाथिको दबाब कायमै राखेको छ । पहिलो टेस्टको दोस्रो दिनसम्ममा नै इंग्ल्यान्ड २०४ रनमा अलआउट भइसकेको छ ।

इंग्ल्यान्डको स्कोर कममै रोक्ने क्रममा होल्डरले ६ विकेट हात पारेका थिए । २० ओभर बलिङ गरेका उनले ६ मेडन राख्दै ४२ रनमात्र खर्चिए । अर्का बलर शेनन ग्याब्रियलले ४ विकेट हात पारे । इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए भने विकेटकिपर ब्याट्सम्यान जोस बटलरले ३५ रनको योगदान दिए ।

त्यसपछि ब्याटिङ थालेको वेस्टइन्डिजले खराब प्रकाशका कारण अन्त्यतिर प्रभावित भएको दोस्रो दिनको खेल सकिदाँसम्म १ विकेट गुमाएर ५७ रन बनाएको छ । उसका लागि ओपनर क्रेग ब्र्याथवेट २० रन र शे होप ३ रन बनाएर क्रिजमा छन् । अर्का ओपनर जोन क्याम्पबेल २८ रन बनाएर खेलिरहँदा जेम्स एन्डरसनको बलमा एलबीडब्ल्यू धरापमा परेका थिए ।

वेस्टइन्डिज पहिलो इनिङमा इंग्ल्यान्डभन्दा १४७ रन पछाडि छ । शुक्रबार तेस्रो दिनको खेल अपरान्ह पौने ४ बजेबाट सुरु हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय