scheduleमगलवार श्रावण २० गते, २०७७

ब्राजिलमा औषधि सेवनबाट एक एड्स रोगी निको भएको दाबी

एजेन्सी, २६ असार । ब्राजिलको एक व्यक्ति एचआईभी एड्सको भाइरसबाट मुक्त भएका छन् । ब्राजीलको संघीय विश्वविद्यालयका अनुसन्धानकर्ताले एचआईभी एड्स संक्रमितमा एंनट्रोभाइरस र निकोटिनामाइड ड्रकको कम्बिनेशन एक वर्षसम्म दिएको थियो ।

एक वर्ष पछि उक्त संक्रमित व्यक्तिको रिर्पोट नेगेटेभि आएको छ ।

यसको खुलासा अनुसन्धानकर्ता डा. रिकार्डो डियाजले हाल भएको अनलाइन एड्स कन्फरेन्स २०२० मा गरेका हुन् । उनका अनुसार शुरुमा पीडित व्यक्तिलाई एड्सको सामान्य उपचार बन्द गर्न लगाएको थियो । पीडितलाई १ वर्ष सम्म प्रत्येक २ महिनामा एंनट्रोभाइरस र निकोटिनामाइड ड्रकको कम्बिनेशन सेवन गर्न लगाइएको थियो ।

एक वर्ष पछि पीडितको ब्लड टेस्ट गरेपछि रिर्पोट नगेटिभ आएको हो । तर पीडितको शरीरमा भाइरस मार्नको लागि आवश्यक एन्टिबडी स्तर पत्ता हुन सकेको छैन । यो ड्रकको कम्बिशनले बिरामीको शरीरमा रहेको भाइरसलाई मार्न सफल भएको छ ।

पीडित व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । तर पीडितले यो नयाँ जीवन उपहार पाएको अनुसान्धानकर्ताले जानकारी दिए ।

यदि यो रिर्सच पुष्टि हुन्छ भने यो पहिलो घटना हुनेछ जसमा बिना सेल ट्रान्फर एचआईभी एड्सको भाइरस शरीरबाट मुक्त हुन्छ ।

यसअघि लण्डनमा एक एचआईभी एड्स पीडित व्यक्तिलाई सेल ट्रान्स्फरमार्फत् भाइरस मुक्त गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय